२५ असार २०८३, बिहीबार
,
Latest
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन नयाँ शक्तिको उदय आर्थिक–सामाजिक असन्तोषको परिणाम, दीर्घकाल टिक्दैन : एमाले महासचिव शंकर पोखरेल भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर जंगली विषालु च्याउले बर्सेनि लिन्छ ज्यान, सचेतनाका लागि छैन छुट्टै कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका लागि गठित समितिले सभामुखसमक्ष बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिइएको छ ।

सङ्घीय संसद् सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई जानकारी गराइएको थियो । त्यसपछि जेठ १८ गते बसेको प्रतिनिधिसभा बैठकले उक्त विषयमा थप अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो ।

सोही निर्णयबमोजिम प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख सदस्य रहने गरी समिति गठन गरिएको थियो ।

समितिले जेठ २५ गते सभामुखसमक्ष आफ्नो प्रतिवेदन पेस गरेको र सभामुखबाट उक्त प्रतिवेदन अध्ययनपछि आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन प्राप्त भएको सचिवालयले जनाएको छ । रासस