२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सातामा ७० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही



अ+ अ-

पोखरा। गण्डकी प्रदेशको राजधानी पोखरास्थित नेपाल राष्ट्र बैंकको काउन्टरबाट एक सातामा झन्डै ७० करोड रुपैयाँबराबरको नयाँ नोट सटही प्रयोजनका लागि बाहिरिएको छ । राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. डिल्लीराम पोखरेलका अनुसार विगतझैं यस वर्ष पनि राष्ट्र बैंकले सर्वसाधारणको सुविधाका लागि नयाँ नोट सटही सुविधा दिएको हो ।

जसअनुसार हालसम्म ६९ करोड ५२ लाख ४२ हजार रुपैयाँ ५, १०, २०, ५० र १ सय रुपैयाँका नोट राष्ट्र बैंक काउन्टरसहित विभिन्न बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंकले नोट कोष सञ्चालन गरेका गण्डकी प्रदेशस्थित वाणिज्य बैंक र नेपाल बैंंकको शाखामार्फत बाहिरिएको हो ।राष्ट्र बैंक पोेखरा कार्यालयबाट पोखरास्थित बैंक तथा वित्तीय संस्था, सर्वसाधारण, अशक्त र वृद्धवृद्धाका लागि छट्टाछुट्टै काउन्टरबाट साना दरका नोट सटही गरिएको निर्देशक पोखरेलले बताए ।

निर्देशक पोखरेलले भने, ‘अशक्त तथा वृद्धवृद्धाको सुविधा लागि छुट्टै काउन्टरबाट साना दरका नोट सटही गर्ने व्यवस्था गरेका छौं ।’ राष्ट्र बैंकले वाणिज्य बैंकका प्रत्येक शाखालाई ७ लाख २० हजारको दरले साना दरका नयाँ नोट उपलब्ध गराएको छ । गण्डकी प्रदेशमा वाणिज्य बैंकका ३ सय ९१ वटा शाखा छन् । गण्डकीका विकास बैंकका २ सय ५५ वटा शाखामा ५ लाख ९० हजार दरले तथा २६ वटा ‘ग’ वर्गका विभिन्न वित्तीय संस्थाका लागि प्रतिशाखा ५ लाख ६० हजार दरले नोट उपलब्ध गराएको जनाएको छ ।

सर्वसाधारणका लागि भने २१ करोड १५ लाख ७२ हजार बराबरको साना दरका नोट वितरण गरिएको हो । राष्ट्र बैंकमा हाल बिहानै १० देखि ४ बजेसम्म प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नोट सटही सुविधा छ । यसरी नोट सटही गर्नकै लागि राष्ट्र बैंक काउन्टर पुग्ने सर्वसाधारणको संख्या हालसम्म ५ हजार बढी पुगिसकेको छ । यसरी पछिल्लो चार दिनयता दैनिक १ हजार हाराहारीमा सर्वसाधारण आएका छन् ।

राष्ट्र बैंकले कास्कीसहित गण्डकीका ८ जिल्लाका नोट कोषबाट समेत नयाँ तथा सुकिला नोट सटही गर्दै आएको छ । पोखराबाट मात्रै करिब १ अर्ब २५ करोड नयाँ तथा सुकिला नोट सटही गर्ने योजना रहेको जनाइएको छ । राष्ट्र बैंकमा अब अन्तिम दिन शुक्रबारसम्म नोट सटही सुविधा छ । बैंकले नोट हिफाजत गर्न सर्वसाधारणमा आग्रह गरेको छ । सफा नोट नीतिमा बैंंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न, लेख्न नहुनेमा सचेतना गराएको हो । यसो भएको पाइए ३ वर्ष कैद र ३० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । राजधानी दैनिकबाट