२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

“इन्धनको बदलामा मुलुकको स्वाभिमान साटिन्न”



अ+ अ-

हवाना । अमेरिकी प्रतिबन्धका कारण इन्धनको अभाव झेल्नु परेको क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले इन्धनको बदलामा मुलुकको स्वाभिमानको सौदाबाजी गर्न नसक्ने बताउनुभएको छ ।

ट्वीटरमार्फत एक टिप्पणी सार्वजनिक गर्दै विदेश मन्त्री रोड्रिगेजले क्युबामाथि आर्थिक, व्यापारिक र वित्तीय प्रतिबन्ध लगाउने अमेरिकी प्रशासनको रबैयाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्नुभयो ।

उहाँले क्युबामाथिका प्रतिबन्धहरु मानव अधिकारको गम्भीर उल्लंघन हो भन्नुभएको छ ।
रोड्रिगेजका अनुसार, अमेरिकामा राष्ट्रपतिय चुनाव हुने वर्षमा क्युबामाथि अनावश्यक दबाब दिइने गरिएको छ । सन् १९५९ को क्युबा विद्रोहपश्चात भागेर अमेरिकाको मियामी पुगेका ठूलो संख्याका क्युबालीको दबाबमा भोटको आश गर्दै क्युबामाथि दबाब दिने गरेको क्युबाली सरकारको भनाई छ ।

तर, विदेश मन्त्री रोड्रिगेजले अमेरिकीहरुको सोचाई पुरातनशैलीको छ भन्दै अमेरिकामै रहेबसेका ठूलो संख्याका क्युबालीले दुबै देशबीच सम्बन्ध सुधार भएको हेर्न चाहिरहेको बताउनुभयो ।