२५ असार २०८३, बिहीबार
,
Latest
व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र बुर्लाकोटी



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आफूले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको स्पष्ट पार्नुभएको छ ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता बुर्लाकोटीले महामन्त्री पद त्याग्नुमा कुनैपनि प्रकारको राजनीतिक लेनदेन वा मन्त्री पदको सम्झौता नभएको दाबी गर्नुभयो ।

पार्टीको प्रथम महाधिवेशनमा संस्थापक महामन्त्रीका रूपमा आफ्नो दाबेदारी स्वाभाविक भएपनि अन्य ९ जनाको पनि चाहना देखिएकाले पार्टीलाई एकढिक्का बनाउन आफूले त्याग गरेको उहाँले बताउनु भयो ।

उहाँले आफू अहिले पूर्ण रूपमा पार्टी निर्माण र सङ्गठन विस्तारमा केन्द्रित रहेको जानकारी दिनुभयो । संसद्मा केही समयअघि भएको अमर्यादित गतिविधि र छानबिन प्रतिवेदनबारे सोधिएको प्रश्नमा प्रमुख सचेतक बुर्लाकोटीले सदन मर्यादित ढङ्गले चल्नुपर्नेमा जोड दिनुभयो ।

सुकुम्बासी समस्याका सम्बन्धमा बोल्दै उहाँले सरकार यस विषयमा गम्भीर रहेको र समाधानका लागि प्रयासरत रहेको बताउनु भयो । पूर्व तयारीमा केही कमी देखिए पनि सरकारले आफ्नो १०० दिनको उपलब्धिमा यसलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘पार्टी वृहत बनोस् र यसले देश निर्माणमा प्रभावकारी भूमिका खेलोस् भन्ने निस्वार्थ मनशायले मैले उम्मेदवारी फिर्ता लिएको हुँ । मन्त्री बन्ने सर्तमा सम्झौता भएको भन्ने कुरा केवल हल्ला मात्र हुन्, यसमा कुनै सत्यता छैन । मैले प्रतिवेदनको विस्तृत अध्ययन त गरेको छैन, तर सदनको मर्यादा विपरीतका गतिविधिमा कानुन र नियमावलीअनुसार कारबाही हुनुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ ।’

यसैगरी, रास्वपाको विधानमा संसदीय दलको नेता फिर्ता बोलाउन सक्ने व्यवस्थाबारे स्पष्ट पार्दै उहाँले पार्टी सभापतिलाई विधानको संरक्षक मानिने र पार्टीको नीति तथा निर्देशन बाहिर कोही पनि जान नपाउने स्थापित मूल्य मान्यताअनुसार नै सो व्यवस्था गरिएको प्रस्ट पार्नुभयो ।

यातायात व्यवस्थापन र ‘ब्लु बस’ को अवधारणाबारे चर्चा गर्दै बुर्लाकोटीले यसलाई चुनावी एजेन्डा मात्र नभई नागरिक केन्द्रित र राष्ट्रहित केन्द्रित कार्यक्रमको रूपमा व्याख्या गर्नुभयो। महिलामैत्री यातायातका लागि ब्लु बसको अवधारणा ल्याइएको र यसलाई व्यवस्थित गर्न कार्यविधि निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

साथै, उहाँले गोरखा लगायत देशका दुर्गम क्षेत्रमा समेत सार्वजनिक यातायातलाई सुलभ र व्यवस्थित बनाउने नीति सरकारले ल्याउन लागेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल