२५ असार २०८३, बिहीबार
,
Latest
व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली



अ+ अ-

काठमाडौँ। नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान सोनी पाख्रिनले मलेसियामा हुने एसिसी यु–१९ महिला प्रिमियर कपमा देशले गर्व गर्न लायक क्रिकेट खेल्ने बताएकी छन् ।

एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी असार २७ गतेदेखि महिला प्रिमियर कप मलेसियाको क्वालालम्पुर शहरमा हुँदैछ । यसअघि पूजा महतोको कप्तानीमा नेपाली युवा टोलीले खेल्दै आएको थियो, जतिबेला सोनी उपकप्तान थिइन् । पूजाले यो उमेरसमूह पार गरेपछि सोनी कप्तान चयन भएकी हुन् । सोही प्रतियोगिताका लागि गौशालामा बिहीवार भएको बिदाइ कार्यक्रमका अवसरमा कप्तान सोनीले राम्रो तयारी पाएको उल्लेख गर्दै देशले गर्व गर्ने किसिमको प्रदर्शन गर्ने बताएका हुन् । यही प्रतियोगितामा राम्रो क्रिकेट खेलेर आफूलाई प्रमाणित गर्ने सोनीको विश्वास छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार मात्र सोनीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । गत ढेड महिनाको अवधिमा यो उमेरसमूहको सुर्खेत र मधेश प्रदेशमा प्रतियोगिता आयोजना हुँदा खेलाडीहरू व्यस्त रहे । त्यसैले पर्याप्त समय नपाउँदा १० दिनको तयारीबाट नेपाली युवा टोली प्रिमियर कपमा खेल्दैछ । महेशप्रसाद रिजालको प्रशिक्षणमा नेपाली टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरेको थियो । नेपाली यु–१९ महिला क्रिकेट टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले उपलब्ध श्रोतसाधनअनुरूप तयारी राम्रो गरेको र महिला यु–१९ विश्वकपका लागि यो प्रतियोगिता महत्वपूर्ण रहने भएकाले प्रिमियर कपमा राम्रो क्रिकेट खेल्ने बताए ।

नेपाली यु–१९ महिला क्रिकेट टोलीले बनाउँदै आएको लिगेसीलाई कायम राख्न र  अझै सुधार गर्न आवश्यक रहेको प्रशिक्षक रिजालले उल्लेख गरे । अनुभवी र क्षमतावान खेलाडीसहित बलियो टोली बनेको उनको विश्वास छ । यो टोलीले नेपालको महिला क्रिकेटलाई थप बलियो बनाउन मद्दत गर्ने आशा व्यक्त गरेका छन् । कप्तान सोनी, सना प्रविण र सावित्री धामीजस्ता राम्रा ब्याटर रहेको र बलिङमा पनि राम्रो रहेको प्रशिक्षक महेशले बताएका छन् । प्रतियोगितामा सहभागी भएका राष्ट्रमध्ये नेपाल पनि एउटा बलियो टोली रहेको उनी बताउँछन् । महिला क्रिकेटलाई थप मजबुत बनाउनतर्पm लक्षित रहँदै क्रिकेट खेल्ने उनको विश्वास छ ।

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहलगायतले नेपाली टोलीलाई बिदाइ गरेका थिए । नेपाली युवा टोली आजै मलेसिया प्रस्थान गर्दैछ । प्रतियोगितामा नेपालसहित १३ राष्ट्रले खेल्दैछन् । सहभागी १३ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा चार राष्ट्र छन् । अन्य समूहमा समान तीन राष्ट्र समावेश छन्  । नेपालको समूह ‘ए’ हङकङ, कतार र सिंगापुर छन् । ‘डी’ मा थाइल्यान्ड, म्यान्मार र जापान रहँदा समूह ‘बी’ मा युएई, ओमान र भुटान छन् । समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया र कुवेत छन् । हरेक समूहका शीर्ष दुई  टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारसँग खेल्नेछ । दोस्रो खेलमा असार २८ गते सिंगापुरसँग र तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार ३० गते हङकङसँग खेल्नेछ ।

सेमिफाइनलमा पुग्ने टोलीले एशिया कपको यात्रा तय गर्नेछ । सेमिफाइनलका दुई विजेताका बीचमा साउन दुई गते फाइनल खेल हुनेछ । सोनीको कप्तानीमा रहेको नेपाली यु–१९ महिला टोलीमा साना, अलिसाकुमारी यादव, सावित्री धामी, मनीषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, त्रिसना विक, कृस्मा गुरुङ, अन्जी पाठक, मनीषा चौधरी, स्नेहा महरा र करुणा विष्ट छन् ।–न्युज एजेन्सी नेपाल