२६ असार २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस प्रमुख सचेतक थापाको प्रश्नः गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ? गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण



अ+ अ-

काठमाडाैँ । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार अहिलेसम्म सात हजार ६५४ दशमलव सात मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ । वितरण गरिएका रासायनिक मलमध्ये सबैभन्दा बढी युरिया चार हजार ८१९ दशमलव छ मेट्रिक टन, डिएपी दुई हजार ६२८ दशमलव ४५० मेट्रिक टन र पोटास २०६ दशमलव ६५० मेट्रिक टन रहेको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जले जनाएको छ ।

कम्पनीमा अझै पनि ३५६ दशमलव १०० मेट्रिक टन युरिया, १०५ दशमलव ६५० मेट्रिक टन डिएपी र १४ दशमलव ८३० मेट्रिक टन पोटास मौज्दात रहेको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो । बाँकेमा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा रासायनिक मलको माग कम रहेको उहाँले बताउनुभयो ।

किसानले युरिया रासायनिक मल खेतीमा प्रयोग गर्ने बेला नभएपनि पछि नपाउने डरले सबैभन्दा बढी माग युरियाको गरेको जानकारी दिँदै प्रमुख श्रेष्ठले रासायनिक मल आउने क्रम जारी रहेको र वितरण कार्य पनि भइरहेको उल्लेख गर्नुभयो । “धानको रोपाइँ सकिएको करिब २५ दिनमा युरिया छर्ने हो तर किसानले पछि नपाइने हो कि भनेर माग गरिरहनुभएको छ ”, उहाँले भन्नुभयो । साउनभर रासायनिक मलको वितरण हुने जानकारी दिँदै प्रमुख श्रेष्ठले गत वर्षभन्दा सहज ढङ्गले मलको आपूर्ति हुने किसानलाई विश्वास दिलाउनुभयो । उहाँले यस वर्ष धान रोपाइँको सिजनमा भदौसम्मका लागि अझै पनि चार हजार मेट्रिक टन युरिया, दुई हजार ५०० मेट्रिक टन डिएपी र केही मेट्रिक टन पोटास रासायनिक मलको माग भएको जानकारी दिनुभयो ।

आठ स्थानीय तहको जिल्लाका सबै पालिकामा कृषि सहकारीमार्फत रासायनिक मलको वितरण भइरहेको छ । अहिले जिल्लाका केही स्थानमा रोपाइँ सकिएको छ भने केहीमा रोपाइँ नभएको राप्तीसोनारी गाउँपालिका–४ धामपुरका किशोर रत्गैया थारुले बताउनुभयो । ४४ प्रतिशत रोपाइँ बाँकेमा अहिलेसम्म ४४ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

ज्ञान केन्द्रले आज सार्वजनकि सूचना जारी गर्दै ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये १४ हजार ८६३ दशमलव दुई क्षेत्रफल जमिनमा धान रोपाइँ भएको उल्लेख गरेको छ । जिल्लाको सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुजिता शर्माले जानकारी दिनुभयो । विसं २०७८ मा भएको कृषि गणनाअनुसार बाँकेमा ६७ हजार ८८५ कृषक रहेका छन् ।




भर्खरै