२६ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’ गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका नीति, नियम र निर्णय धनी वर्गको हितमा केन्द्रित रहेको आरोप लगाउनुभएको छ। उहाँले यस्ता नीतिका कारण गरिब नागरिकहरू पीडित बन्न बाध्य भएको दाबी गर्दै गणेश नेपालीको मृत्यु पनि राज्यको नीतिगत असफलताको परिणाम भएको टिप्पणी गर्नुभयो।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले राज्यका निर्णयहरू गरिब, श्रमिक र निमुखा नागरिकको पक्षमा नभएको जिकिर गर्नुभयो। उहाँले सरकार सबैभन्दा बढी आवश्यक पर्ने वर्ग गरिब र विपन्न नागरिक भए पनि उनीहरूलाई राज्यले संरक्षण गर्न नसकेको आरोप लगाउनुभयो।

उहाँले गणेश नेपालीको आत्मदाह र त्यसपछि भएको मृत्यु राज्यको नीतिगत कमजोरीसँग जोडिएको दाबी गर्दै सरकारले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

नेता शाहीले काठमाडौं सबै नेपालीको साझा राजधानी भएकाले यो अर्बपति र करोडपतिहरूको मात्र शहर बन्न नहुने बताउनुभयो। गरिब, श्रमिक र सर्वहारा वर्गलाई राजधानीमा सम्मानपूर्वक बाँच्ने वातावरण हुनुपर्ने उल्लेख गर्दै उहाँले अहिलेको अवस्था त्यसको विपरीत देखिएको टिप्पणी गर्नुभयो।

उहाँले सरकारका ऐन, नियम, नीति तथा मन्त्रिपरिषद्का निर्णयहरू समेत हुनेखाने वर्गको पक्षमा केन्द्रित रहेको आरोप लगाउँदै, आर्थिक रूपमा कमजोर नागरिकले राज्यबाट अपेक्षित संरक्षण र अवसर पाउन नसकेको धारणा राख्नुभयो।

साथै, नेता शाहीले प्रधानमन्त्रीसँग प्रश्न गर्दै काठमाडौं शहर धनी वर्गका लागि मात्रै हो कि सम्पूर्ण नेपालीका लागि भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताउनुभयो।