२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदिरा भट्टीको खाल्डोमा डुबेर ५ ले ज्यान गुमायो



अ+ अ-

सिमरा । बाराको फेटा गाउँपालिका–४ बतरास्थित मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु भएको छ । मदिरा भट्टी सञ्चालक करिब ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, उनका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

भारतीय नागरिक लालमुनीका बुबा हुन् । प्रहरीका अनुसार उनीहरू बुधबार बेलुकी करिब ८ बजे एउटै खाल्डोमा डुबेका हुन् । ‘पाँचै जनाको घटनास्थलमै मृत्यु भएको हो,’ एसपी खनालले भने, ‘मृतकहरूको शरीरमा चोटपटक वा रगत देखिँदैन ।’ उनीहरूको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको उनले बताए । मदिरा उत्पादन गर्न घरभित्रै बनाइएका २ वटा खाल्डामध्ये पानी रहेको खाल्डामा उनीहरू डुबेका हुन् ।

एउटा खाल्डो (ट्यांकी) मदिरा बनाउने गुडले भरिएको छ । बिजुलीको पोलबाट हुक लगाएर बत्ती बाल्ने गरेको देखिएकाले करेन्ट लागेको पनि हुनसक्ने प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए । जोगा परिवारले लामो समयदेखि घरमै मदिरा भट्टी सञ्चालन गर्दै आएको थियो । १५ दिनअघि प्रहरीले भट्टी भत्काई कच्चा पदार्थ नष्ट गरे पनि उनीहरूले फेरि मदिरा बनाउन भट्टी र कच्चा पदार्थ तयार गरेको देखिएको छ । कान्तिपुर दैनिकबाट