२६ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले हालसम्म पनि रोजगारी अवसर सृजना गर्ने कार्ययोजना समेत प्रश्तुत गर्न नसकेको दाबी गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रमुख सचेतक ओलीले देशमा रोजगारीको अवसर सृजना गर्ने भन्ने बाँचाका साथ बनेको सरकारले सोही कार्य गर्नका लागि हालसम्म पनि कार्ययोजना नै ल्याउन नसक्ने बिडम्वनापूर्ण भएको पनि बताउनु भयो ।

उहाँले वर्तमान सरकारले युवाहरुलाई देशमा बसेर केही गर्ने वातावरण समेत बनाउन नसकेको गुनासो गर्नुभयो । गणेश नेपाली मृत्यु प्रकरणलाई उद्धृत गर्दै प्रमुख सचेतक ओलीले वर्तमान सरकारले युवाहरुलाई पनि देश भित्रै केही गर्न सकिन्छ भन्नेकुरामा आशा जगाउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निर्वाचन अघि सत्ता पक्षले नेपाली युवालाई आफ्नै देशमा रोजगारी सृजना गर्ने ठूलो बाचा गरेको थियो । तर सरकार गठन भएको सय दिन वितिसक्दा सय जना युवा पनि रोजगारीको आशामा विदेशबाट फर्किएको देखिँदैन । किनभने सरकारले रोजगारी सृजना गर्ने कार्य योजना आजसम्म प्रश्तुत गर्न सकेको छैन । प्रश्न रोजगारी सृजनाको संख्याको मात्रै होइन, नेपालमा नै बस्न सकिन्छ भन्ने भावना सरकारले जगायो कि जगाएन ? भन्ने हो । हिजो भर्खरै एक जना युवाले राहदानी विभाग अगाडि आफैले आगो लगाएको घटना हामीमाझ ताजा छ । ती युवाले देशमा आफूले गरिखाने आशा देखेर आगो लगाए कि गरिखाने आशा नदेखेर ? मैले प्रश्न मैले सत्ता पक्षका सम्पूर्ण राख्न चाहँे । प्रधानमन्त्री, मन्त्री, सबै सत्तापक्षका सांसदहरुलाई पनि मेरो यो प्रश्न हो । रोजगारी सृजना गर्ने निजी क्षेत्रनै आज सबैभन्दा बढी निराश हुन पुगेको छ ।’

प्रमुख सचेतक ओलीले सरकारको कारण रोजगारीको अवसर सृजना गर्ने निजी क्षेत्र समेत निराश अवस्थामा पुगेको जिकिर समेत गर्नुभयो ।




भर्खरै