२६ असार २०८३, शुक्रबार
,
Latest
सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ?



अ+ अ-

काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न सरकारमा नआएको बताउनुभएको छ ।

गणेश नेपाली मृत्य प्रकरणबारे जानकारी दिन शुक्रवार संसदमा रोष्टममा समय लिएर पुग्नुभएका उहाँले उक्त घटनामा कति जना अस्पताल पुग्नुभयो ? भनि विपक्ष दलका सांसदहरुलाई प्रश्न पनि गर्नुभयो । ठाउँमा पुगेर जनताको सेवा गर्न नसक्ने तर सदन जनताको सेवा गर्छु भनेर चिच्याएर मात्रै नहुने गृहमन्त्री गुरुङको भनाई थियो ।

उहाँले आफूहरुले ठाउँमा गएर जनताको सेवा गर्दा त्यसलाई विपक्ष दलका सांसदहरुले स्टन्टबाजी भनेकोमा आपत्ति जनाउँदै आफूलाई कुनैपनि कुरामा स्टन्टबाजी गर्ने इच्छा नभएको बताउनु भयो । आफूहरु देशको सेवा गर्न आएको र देशलाई दुर्घटनामा जान नदिन सावधानीपूर्वक काम गरिरहेको गहृमन्त्री गुरुङको दाबी थियो ।

उहाँले भन्नुभयो,‘मैले धेरै माननीयज्यूहरु देखेँ–उठेर सदनमा घाँटी सुक्नेगरी चिच्याईरहनुभएको थियो । यो देखेँ मैले । यो भन्दैगर्दा हामी गृह मन्त्रालयका बसेर के गर्ने होला, कसो गर्ने होला, कसरी उहाँहरुलाई सान्त्वना दिने होला ? के के गर्ने, कसरी मिलाउने होला ? भनेर एउटा टीम बनाएर छलफल गरिरहेका थियौ । म यो सम्मानित सदनलाई सोध्न चाहन्छु–कति जना हुनुहुन्थ्यो ? हिजो त्यो हस्पिटलमा । जति जनताले घाँटी चिच्याएर कराउनुभएको छ आज । घाँटी चिच्याएर कराएर मात्रै हुँदैन यहाँ सदनमा मात्रै । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको पसाचौ वर्ष भईसक्यो । हामीले हातले गर्नु पर्दछ । ठाउँमा गएर गर्नुपर्दछ । आफनो जनताको सेवा ठाउँमा गएर गर्न सक्नु पर्दछ । उहाँहरुको पीडा बुझेर गर्नुपर्दछ । त्यसलाई तपाईहरु स्टन्टबाजी भन्नु हुन्छ । मलाई यहाँ इच्छा छैन कसैका लागि स्टन्टबाजी गर्नलाई । आफनो देशको सेवा गर्न आएको हो । जानीनजानी अन्जानमा होस आफूले सक्ने, नसक्ने हामीले गरेर हातमा पानी राखेर विस्तारी हिँडद्ै हिँड्दै हामी यहाँसम्म आएको हो । पोख्लाकी, पोख्लाकी, देश दुर्घटनामा जालाकि भनेर । त्यसलाई तपाईले स्टन्टबाजी भन्नुहुन्छ ।’

गृहमन्त्री गुरुङले जनताको सेवा गर्छु भनेर मुखले भनेको पचासौ वर्ष बितिसक्दा पनि केही नभएर भन्दै विपक्ष दलका सांसदहरुप्रति कटाक्ष पनि गर्नुभयो