२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री र जापानी राजदूतबीच भेटवार्ता



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा उहाँहरुबीच जापानी सरकारको सहयोगमा नेपालमा सञ्चालित विकाससम्बन्धी कार्यक्रमको समीक्षा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले राससलाई जानकारी दिनुभयो । प्रदेशको विकास, पर्यटनको सम्भावना र पर्यटन भ्रमण वर्ष २०२० मा जापानी पर्यटक नेपाल भित्र्याउने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।

सो अवसरमा मुख्यमन्त्री भट्टले जापान सरकारबाट नेपालको विकासमा सहयोग हुँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको थियो ।