१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरा प्रकरणमा नयाँ ट्वीस्ट : राति साढे ११ बजे…



अ+ अ-

काठमाडौं । सभामुखलाई यौन दुर्व्यवहारको आरोप लगाएकी संसदकी कर्मचारीले ‘घटना भएलगतै आइतबार राति नै सांसदहरुलाई फोन गरेर सहयोग मागेको खुलासा भएको छ ।

उनले घटना भएलगतै आइतबार राति साढे ११ बजे ‘मलाई न्याय चाहियो माननीयज्यू भन्दै नेपाली कांग्रेसकी सांसद् उमा रेग्मी अधिकारीलाई फोन गरेको पाइएको छ ।

मैले के भयो र भनेर सोध्दा उनले म रेपमा परे भनिन् । कोबाट भन्दा सभामुखबाट भनिन् ।’ त्यो आफूलाई पत्याउनै गाह्रो भएको रेग्मीले सुनाइन् । उनी भन्छिन्, ‘प्रमाण के छ त भन्दा उनले प्रतिवाद गर्दा मलाई कुटपिट पनि गरे, अरु केही प्रमाण छैन भनिन् ।’

त्यसपछि आफूले यदि बलात्कारको प्रयास नै भएको भए कानूनी उपचार खोज्न सुझाएको सांसद रेग्मीले सुनाइन् । आइतबार विहान पनि पीडित महिलाले फोन गरेपछि आफूले पार्टीका नेताहरुलाई पनि घटनाबारे बताएको रेग्मीले बताइन् ।