१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारबाटै अवैध असुली



अ+ अ-

नेपालगञ्ज । जिल्ला कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले कारागारबाटै धम्की दिई यहाँका विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम असुल्ने गरेको तथ्य बाहिर आएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सानोबाबु भन्ने धनबहादुर सुनारले कारागारभित्रबाटै धम्की दिई यहाँका विभिन्न टुर्स एण्ड ट्रभल्सबाट दैनिक रकम असुल्ने गरेको तथ्य फेला पारेको हो ।

प्रहरीले रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । धनबहादुरले टुर्स एण्ड ट्राभल्स एजेन्सीबाट रकम असुल्न प्रयोग गर्दै आएका उनका भतिजा युवराज सुनारलाई नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्षक वलीले सिम्ताली, पञ्चकोशी, देउती र नेपालगञ्ज टुर्स एण्ड ट्राभल्सबाट कारागारमा रहेका धनबहादुरले रकम असुल गर्दै आएको बताए ।