१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोबजारीका लागी व्यापारीले लुकाएको २ सय बोरा प्याज भेटिएपछी…



अ+ अ-

काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका व्यापारीले आफुसँग भएको प्याज लुकाएर कालोबजारी गर्न थालेका छन्।

सोमबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको २ सय बोरा प्याज लुकाएको भेटिएको छ।

‘हामी शुरुमा जाँदा व्यापारीहरुले १ सय ५० बोरा मात्र प्याज रहेको भने र चेकजाँचका क्रममा थप २ सय बोरा प्याज भेटिएको छ, विभागका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठले भने। ‘कालीमाटीका ८ वटा पसलमा अनुगमन गर्दा मुल्य सुचीमा पनि हिजो र आज ठूलो अन्तर देखिएको छ, उनले भने।

कालीमाटीका तरकारी व्यापारीले देखाएको खरीद र बिक्री सम्बन्धी बिलबिजक शंकास्पद देखिएपछि विभागले सो विषयमा स्पष्टिकरण सोधेको छ।

‘व्यापारीहरुले हिजो अस्तिसम्म ९७ रुपैयाँ सम्म बिक्री वितरण गरेको गरेको प्याज आज १ सय १० रुपैयाँ प्रतिकिलो बेचेको भेटेपछि यसको जवाफ सहित विभागमा हाजिर हुन व्यापारीहरुलाई अनुगमन टोलीले निर्देशन दिएका छ ।