१० असार २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई छिट्टै भिखारीमुक्त बनाउने : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले हाम्रो देशलाई सडक मानवमुक्त बनाउने बताएका छन् । सडकमा कोही बेसहारा देखिए सरकारलाई खबर गर्न आग्रह गरेका छन्।

ललितपुरको भैंसेपाटीमा सोमबार मन्त्री निवास शिलान्यास गर्दै ओलीले भने, ‘सडकमा कुनै नागरिक बेसहारा बसेको भए खबर गर्नुस्। देशलाई छिट्टै भिखारीमुक्त घोषणा गरिन्छ।’

प्रधानमन्त्री ओलीले देशमा केही पनि भएको छैन भनेर निराशा फैलाउने काम भएको भन्दै विकास निर्माणको कामलाई सरकारले तीव्रता दिए पनि ती कामहरूको चर्चा नभएको उनको भनाइ छ।

‘केही मानिसहरूले केही पनि भएको छैन भनेर निराशा फैलाउन खोजे, भएका कामहरूको चर्चा नगर्नु एकथरी प्रवृत्ति छ,’ उनले भने, ‘नन इस्युलाई इस्यु बनाएर सरकारको विरोध मात्रै गर्ने सिलसिला चलाइएको छ।’

ओलीले मेलम्ची खानेपानी आयोजनाका काम ठेकेदार भागेका कारण केही ढिलाइ भए पनि अब छिट्टै आयोजनाको काम सकिने उनले बताए।