१० असार २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्याधुनिक पशु बधशाला निर्माण हुने



अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकामा अत्याधुनिक पशु बधशाला निर्माण हुने भएको छ । निजीस्तरमा सञ्चालित पशु बधशालाबाट उपभोक्ताले अस्वस्थकर मासु खरीद गर्नुपर्ने कारणले नगरवासीको आवश्यकताले बधशाला निर्माण गर्न लागिएको बताइएको छ । विराटनगर महानगरपालिका–८ स्थित एक बिघा आठ कट्ठा जग्गामा २०६६ सालमा बधशालाको निर्माण शुरु भएपनि निर्माण पूरा हुन सकेको थिएन् ।

बधशाला निर्माण गर्न रु २१ करोड लागत लाग्ने र यसका लागि डिपिआर तयार भइसकेकाले दुई वर्षभित्रमा व्यवस्थित बधशाला निर्माण हुने महानगरपालिकाले जनाएको छ । बधशाला निर्माण गर्न प्रदेश सरकारको रु पाँच करोड र विराटनगर महानगरपालिकाको रु पाँच करोड गरी रु १० करोड रकमबाट काम थालिने र पछि स्रोत जुटाउँदै जाने महानगरपालिकाको योजना छ ।

नेपालमै नमूना बधशाला निर्माण गर्न हेफर इन्टरनेशनल नेपालले प्राविधिक सहयोग एवं सहजीकरण गरिरहेको संस्थाका कार्यक्रम निर्देशक तीर्थराज रेग्मीले जानकारी दिए । बधशाला निर्माण गर्न बोलपत्र आह्वानका लागि महानगरपालिका प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले वर्तमान परिस्थितिलाई सहज बनाउन र विराटनगरमा कुनै पनि बधशाला नभएको कारण उपभोक्ताको स्वास्थ्यमा पर्ने असरलाई निर्मूल पार्न व्यवस्थित बधशाला निर्माण गर्न लागेको बताए । उनले एउटा सुन्दर शहर निर्माण गर्ने क्रममा पशु बधशालाको निकै आवश्यकता महसुस गरेको भन्दै दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने दाबी गरे ।