२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोकियो जनवर्गीय सङ्गठनका इञ्चार्ज



अ+ अ-

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादीबीचको एकतालाई तीव्रता दिँदै जनवर्गीय सङ्गठनको इञ्चार्ज तोकेको छ । नेकपाको १६ जनवर्गीय सङ्गठनमध्ये बुद्धिजीवी इञ्चार्जमा रामबहादुर राना तोकिनुभएको छ । महिला इञ्चार्जमा पार्टी जिल्ला सचिव सिन्धु राई चयन हुनुभएको छ ।

यस्तै, उद्योग व्यवसायीमा भक्त केसी, पेशागतमा महेश बस्नेत, युवामा जितबहादुर राई, ट्रेड युनियनमा सर्कल बस्नेत, युवामा उमेश गुरुङ, कानूनमा गणेश बराल, विद्यार्थीमा नवराज शङ्कर, जनजातिमा धनकुमार राई, किसानमा टेकबहादुर राई, निर्माण व्यवसायीमा कुमार बराइली, मानवअधिकारमा देवेन्द्र विश्वकर्मा, दलितमा चित्रकला बराइली, जनसांस्कृतिकमा दीपकिशोर लिङदेन, अपाङ्गमा सदन राईलाई इञ्चार्ज तोकेको छ ।

पार्टी कार्यालय बैठकले प्रदेशसभा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं १ को ‘क’बाट गञ्जु प्रधानले दिएको राजीनामा स्वीकृत गरेको छ भने सो पदमा हुकुम थामीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । नेकपाले स्थानीय तहको प्रमुख र उपप्रमुखमा निर्वाचित भएपछि गरेको कामको विवरण पार्टीलाई बुझाउनसमेत निर्देशन दिएको छ ।