२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले पूर्वराजा ज्ञानेन्द्रलाई राजा बनाउने



अ+ अ-

काठमाडौं । भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई पूर्ण साथ, सहयोग र समर्थन रहेको खुलासा भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. नारायण खड्काले सो खुलासा गरेका हुन् ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनको “जनता जान्न चाहन्छन्” कार्यक्रममा कुरा गर्दै नेता खड्काले यस्तो बताएका हुन् ।

उनले तिहार सकिएलगत्तै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउनको लागि कांग्रेसले सशक्त सडक आन्दोलन गर्दै आफ्नो पार्टी पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउन पनि पछि नहट्ने संकेत गरे ।

छायाँको सरकारको भूमिका एकदमै कमजोर भयो नि भनेर पत्रकार धमलाले तेर्साएको प्रश्नमा नेता खड्काले कांग्रेसको छायाँ सरकारको भूमिका कमजोर नभएको जिकिर गरे । उनले भने, हामीले हाम्रो भूमिका निर्वाह गरिरहेका छौं । उत्तरदायी र जवाफदेही तरिकाले हामीले भूमिका निर्वाह गरेका छौं । हामीले देश र जनतालाई केन्द्रमा राखेर आफ्नो भूमिका खेलेका छौं ।

नेता खड्काले वर्तमान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश नीति पछिल्लो समय उत्तरतिर (चीन) तर्फ ढल्किएको पनि शंका गरे । उनले कुनैपनि दल भारत वा चीनमुखी बन्न नहुने स्पष्ट पारे । उनले भारतसँग सबै पार्टीको घनिष्ठ सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले कांग्रेसले भारत र चीन दुवै देशसँग सन्तुलित सम्बन्ध राखेको बताए ।