९ असार २०८३, मंगलवार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एड्वानको अध्यक्षमा पम्फा



अ+ अ-

चितवन । दलित महिला उत्थान सङ्घ (एड्वान) को अध्यक्षमा पम्फा परियार गुरुङ निर्वाचित भएकी छिन् । शनिबार बेलुका यहाँ सम्पन्न (एड्वान) को २०औँ साधारणसभा तथा निर्वाचनबाट उपाध्यक्षमा पम्फा नेपाली, महासचिवमा विन्दु परियार थापा, सचिवमा तीर्थकुमारी विक र कोषाध्यक्षमा सपना सुनार निर्वाचित भएको हो ।

त्यसैगरी सदस्यमा राममाया विक, माया लम्साल र सपना परियार निर्वाचित भएका छन् । विसं २०५५ मा स्थापना भएको उक्त (एड्वान) ले ग्रामीण क्षेत्रका दलित, महिला, सीमान्तकृत तथा अतिविपन्न समुदायमा आयआर्जनका सीपसमेत सिकाउँदै आएको छ । अध्यक्ष पम्फा परियार गुरुङले एड्वानले सीप मात्रै सिकाउँदैन, सीप सिकाइसकेपछि व्यापार/व्यावसाय गर्न आर्थिक सहयोगसमेत गर्दै आएको बताए ।

महासचिव विन्दु परियार थापाले संस्थाले आगामी दिनमा दलित महिलाको उत्थान र विपन्न समुदायका विद्यार्थीलाई कसरी विद्यालयको पहुँचसम्म पुर्याउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।