९ असार २०८३, मंगलवार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंक ह्याक प्रकरणमा ६९ लाखसहित थप तीन पक्राउ



अ+ अ-

काठमाडौँ । कृषि विकास बैंक ह्याक प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार मालतीदेवी न्यौपाने भट्राई, गणेश बस्याल र यज्ञराज भट्टलाई पक्राउ गरेको हो ।

२४ लाख रकमसहित न्यौपाने र बस्याललाई पर्वतबाट र ४५ लाख रुपैयाँसहित भट्टलाई महेन्द्रनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस प्रकरणमा यसअघि १३ जना पक्राउ परिसकेका छन्। गत असोज ५ गते बैंकको लाहान शाखाबाट विभिन्न एजेन्टका खातामा ह्याकरले रकम स्थानान्तरण गरेको थियो। प्रहरीले थप एजेन्टहरु खोजीरहेको छ।