२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सरकार आशमा, तर चीन कुनै पनि विचारधारा निर्यात गर्ने मूडमा छैन्



अ+ अ-

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यानकीले चीन कुनै पनि विचारधारा निर्यात गर्ने मूडमा अहिले नरहेको खुलाएकी छिन् । उनले सामाजिक संजाल ट्विटरमार्फत एक स्टाटस लेख्दै हिजो (बिहिवार) यो कुरालाई सार्वजनिक गरेकी हुन् । उनले थप्दै भने, चिनियाँ राष्ट्रपति सि जिनपिङको विचारधारा अन्तर्राष्ट्रियकरण भैसकेको छ ।

यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच हालै समझदारीपत्रमा हस्ताक्षर भएको छ। नागपोखरीस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले असोज ७ गते (गएको मंगलबार) मात्र हस्ताक्षर गरेका हुन्।

हस्ताक्षरपछि नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक सम्बन्धको सुरुवात भएको मानिएको छ। तर नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँणले भने चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने पनि बताई सकेका छन् ।