२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस कर्मशिल हुनुपर्छ: नेता पौडेल



अ+ अ-

लमही । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा राखे। “अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ’’ पौडेलले भने । उनले कुनै एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो नहुने भन्दै अब काङ्ग्रेस कर्मशिल हुनुपर्ने बताए ।

‘‘यो महाधिवेशन पार्टीका लागि अग्नि परीक्षाको घडी हो काङ्ग्रेसको भविष्य निर्धारण यसैले गर्नेछ यसमा सबैले बिवेक पुर्याउनुपर्छ’’ पौडेलले भने । नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छकी भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको बताए । ‘‘दुई तिहाइको सरकार अहिले अल्मलिएकोछ राष्ट्रको विकास र समृद्धिको यात्रा काङ्ग्रेसले नै गर्छ ’’ उनले भने ।