८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाका ५०५ बालबालिकाले मोर्डना खोप लगाए



अ+ अ-

सिमकोट । आज हुम्लाका ५०५ बालबालिकाले मोर्डना खोप लगाएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोर्डना खोप लगाउने अभियान सुरु गरेको छ । आइतबार मात्रै यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप वितरण गरेको थियो । 

सिमकोट गाउँपालिकामा रहेका तीन विद्यालयका विद्यार्थीलाई मात्रै आज पहिलो दिन खोप लगाएको छ । सिमकोट गाउँपालिका–७ मा रहेको कैलाश, सदरमुकाम सिमकोटका बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियान सुरु गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नयन भण्डारीले जानकारी दिनुभयो । बालमन्दिर माध्यामिक विद्यालयका १८३ जना र मानसरोवर माध्यामिक विद्यालयका ३२२ जना विद्यार्थीले खोप लगाएको संयोजक भण्डारीले बताउनुभयो । 

मानसरोवर माध्यामिक विद्यालयका बालबालिकालाई खोप लगाउने काय सम्पन्न भएको र भोलि बाँकी रहेका बालमन्दिर र भीमसेन आधारभूत विद्यालयका साथै बोर्डिङ् तथा निजी विद्यालयका विद्यार्थीलाई मोर्डना खोप लगाइने भएको छ । 

स्वास्थ्य सेवा कार्यालय हुम्लाले मानसरोवर उच्च माध्यामिक विद्यालयका लागि ४०० डोज, बालन्दिर माध्यामिक विद्यालयका लागि ३५० डोज, कैलाश माध्यामिक विद्यालयका लागि ३५० डोज र रामदेब माध्यामिक विद्यालयका लागि १९० डोज खोपसहित आइतबार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । गाउँपालिकाका खोप केन्द्रतर्फ पनि खोप लिएर स्वास्थ्यकर्मी गइसकेकाले खोप केन्द्रमा पुग्ने बित्तिकै सुरु गरिने बताइएको छ । 

हुम्लामा ६३७ भाइल खोप आएको छ । यसबाट छ हजार ३७० बालबालिकाले मात्र भ्याक्सिन लगाउने पाउनेछन् । खार्पुनाथ गाउँपालिकालाई ७२०, ताँजाकोटलाई ८३० र अदानुली गाउँपालिकालाई एक हजार ८० डोज उपलब्ध गराइएको छ । जिल्लाका ४४ मध्ये ४१ वडाका खोप केन्द्रमा यो अभियान सञ्चालन गरिएको छ । 

मोडर्ना खोप लगाउनुपर्ने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका हुम्लामा नौ हजार ६२१ छन् । हुम्लामा खोप अभियान पुस १४ गतेसम्म सञ्चालन हुने र पहिलो मात्रा खोप लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने भएका छन् । हिमपात र चिसोका कारण यसअघि नै जिल्ला खोप समन्वय समितिको वैठकले नाम्खा गाउँपालिकाका–४, ५ र ६ मा यस पटक लगाउन नसकिने र पछि उपयुक्त समयमा लगाइने निर्णय गरेको छ ।