२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपथ पसलले उपभोक्तालाई राहत



अ+ अ-

बागलुङ । चाडबाडलाई लक्षित गरी खुलेको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ । बजार भाउभन्दा सस्तोमा चिनी, नून किन्न पाउँदा उपभोक्ता खुशी छन् । ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङद्वारा सञ्चालित पसलमा दैनिक सयौँको लाम देखिन्छ । पसल शुरु भएको छ दिनमै तीन हजार ९४९ जना उपभोक्ताले सेवा लिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ कार्यालयले जनाएको छ । हालसम्म २३ हजार ३९४ किलो चिनी र ११ हजार ५१३ किलो नून बिक्री भएको छ ।

चिनी र नून बिक्रीबाट रु १८ लाख ९१ हजार ६०० को कोरावार भएको कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले बताउनुभयो । बजारको तुलनामा प्रतिकिलो चिनी आठ र नून चार रुपैयाँ सस्तोमा बिक्री भइरहेको उनको भनाइ छ । अहिले चिनीको बजार मूल्य रु ८० र नूनको रु २२ छ । सुपथ मूल्य पसलले भने चिनी प्रतिकिलो रु ७२ र नून रु १८ मा उपलब्ध गराएको छ ।

एक जनाले चिनी छ किलो र नून तीन किलोसम्म किन्न पाउने व्यवस्था छ । दोहोरिएर आउने उपभोक्ताले भने खरीद गर्न पाउँदैनन् । “उपभोक्ताको भीड छ, सहज सेवाका लागि खटिएका छौँ”, कार्यालय प्रमुख श्रेष्ठले भने । कार्यालयले कर्मचारीबाहेक थप चार जना कामदार ज्यालादारीमा राखेको छ । उपभोक्ताको लाम व्यवस्थापनका लागि प्रहरी खटिएका छन् ।

अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलालाई लाममा नबसी खरीद गर्न पाउने व्यवस्था मिलाइएको छ । दुरुपयोग हुने डरले १४ वर्षमुनिका बालबालिकालाई चिनी, नून बेच्ने गरिएको छैन । “चाडबाडको बेला उपभोक्तालाई राहत मिलोस् भनेर सस्तो मूल्यको पसल राखेका हौँ”, कार्यालय प्रमुख श्रेष्ठले भने । उपभोक्ताले भने चाडबाडबाहेकको समयमा पनि सहुुलियत मूल्यको पसल सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।

चिनी र नून मात्रै नभएर अन्य उपभोग्य सामान पनि सुपथ पसलमा राख्नुपर्ने आवाज उठेको छ । बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित कार्यालय परिसरमै सञ्चालित पसल आउँदो कात्तिक १८ गतेसम्म सञ्चालन हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने पसल सार्वजनिक बिदाका दिनमा भने बन्द हुने गरेको छ । ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ले वर्षेनी चाडबाडको मुखमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।




भर्खरै