२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–पोखरा सडक चार लेनको बन्ने



अ+ अ-

काठमाडौँ । साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिए ।

सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको अन्तिम चरणमा पुगेको जानकारी उनले दिए । उनका अनुसार सो सडकको विस्तार दुई चरणमा गरिने छ । पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्म र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी खण्ड विस्तार गरिने छ । सडक निर्माणका लागि ठेक्का प्रक्रियाको तयारी भइरहेको छ ।

सो सडकको डीपीआर कोरियन इन्जिनियरिङ कन्सल्ट्यान्टले तयार पारिरहेको छ । एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको जानकारी प्रवक्ता सापकोटाले दिए । उनका अनुसार ऋण सहयोगका लागि एडीबीसँग सम्झौताको तयारी भइरहेको छ । आँबुखैरेनीदेखि पोखरासम्म करिब ८० किलोमिटर दूरी पर्छ । मुग्लिनदेखि आँबुखैरिनीसम्मको दूरी १३ भने किलोमिटर छ ।

प्रवक्ता सापकोटाका अनुसार गाउँबस्ती क्षेत्रमा ‘सर्भिस ट्र्याक’सहित सो सडक छ लेनको र अन्य ठाउँमा चार लेनको हुनेछ । त्यसैले गाउँबस्तीमा सो सडकको चौडाइ ४० मिटर अन्य स्थानमा २५ मिटर हुनेछ । सो सडक विस्तारका लागि करिब बीस अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । ‘सिग्नेचर पुल’ निर्माण गरिने सो सडकमा पर्ने दमौलीमा रहेको पुल, पोखराको सेती पुललाई ‘सिग्नेचर पुल’का रूपमा निर्माण गरिने जानकारीसमेत प्रवक्ता सापकोटाले दिए ।

यी पुलहरूको अध्ययन र डिजाइन कार्य अहिले भइरहेको जानकारीसमेत उनले दिए । अध्ययन र डिजाइनपछि ठेक्कापट्टाको कामलाई अगाडि बढाइने छ । यो सडक र पुलको विस्तारसँगै पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई समेत सघाउ पुग्ने विश्वास गरिएको छ । समाचार गोरखापत्र दैनिकबाट




भर्खरै