८ असार २०८३, सोमबार
,
Latest
नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो की ?- शिक्षामन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा मन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई  मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा मन्त्री पौडेलले भन्नुभयो,“कतै हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रम, विषयवस्तु हाम्रो जीवनका आवश्यकतासँग मेल खाने हुन सकेनन् की रु वा सिकेको ज्ञान सीपलाई हामीले प्रमाणपत्रमा मात्रै सीमित राखी व्यवहारमा अनुवाद गर्न सकेनौं, सोच्नुपर्ने बेला आएको छ ।” उहाँले दीक्षित विद्यार्थीलाई सिकेका सीपलाई व्यक्तिगत र सामाजिक जीवनमा सुधार गर्ने गरी प्रयोग गर्न समेत सुझाव दिनुभयो ।

उहाँले सिकेका ज्ञानलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक तथा जीवनोपयोगी बनाउनु जरुरी रहेको औँल्याउनुभयो । सिकेका सीपलाई राष्ट्र विकासको एक सुत्रमा बाँधेरै एकीकृत गर्न सक्नुपर्नेमा उहाँको जोड थियो । मन्त्री पौडेलले सांस्कृतिक, भौगोलिक र प्राकृतिक रुपमा विविधतायुक्त तथा समृद्ध भएर पनि उपलब्ध स्रोतसाधनको बुद्धिमत्तापूर्ण उपयोग गर्न नसक्दा नेपाल विकासको गतिमा अपेक्षित रुपमा अघि बढ्न नसकेको प्रष्ट्याउनुभयो ।

उहाँले देश बन्दैन र देश बन्छ भन्ने जस्ता प्रश्नको उत्तर दिन तथा बेरोजगार र गरिबी कम गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभयो । अनुसन्धानमुखी संस्थालाई अझै प्रभावकारी बनाउन सुभाव दिँदै शिक्षामन्त्री पौलेलले नेपाली विशेषताअनुसार विश्व बजारमा बिक्ने शिक्षा त्रिभुवन विश्वविद्यालयले दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले शिक्षालाई सीपसँग र सीपलाई उत्पादन तथा रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री पौडेलले शिक्षाको नाममा विदेशिने गरेको ठूलो धनराशी रोक्नुपर्नेमा जोड दिनुभयो । रासस