२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान गतिशील दस्ताबेज हो, परिवर्तन हुदै जान्छ –सहमहामन्त्री डा.महत



अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले संविधान एक गतिशील दस्ताबेज भएकोले यसलाई समयानुकुल परिवर्तन गर्दै लान सकिने बताएका छन् ।


संविधान दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ५ द्धारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– संविधानमा सबैले भनेका सबै कुरा नसमेटिएको कुरा सत्य हो, तर यो एक गतिशील दस्ताबेज भएकोले समयक्रममा हाम्रो उपस्थिति र आवश्यकता अनुसार परिवर्तन गर्दै लैजानुपर्छ ।


डा.महतले भने– यो संविधानमा हामीले भनेका पनि सबै कुरा समेटिन सकेका छैनन् र कम्युनिष्टहरुको चाहना अनुसार पनि नआएको साँचो हो जस्तो कि हामीले धार्मिक स्वतन्त्रताको कुरा गरेका थियौँ र कम्युनिष्टहरुको चाहना भने एक दलीय व्यवस्था राख्ने भन्ने थियो ।

वर्तमान संविधानको मस्यौदा समितिका सदस्य रहेका डा. महतले त्यस समयको अनुभव सुनाउँदै संविधानमा राख्नुपर्ने विषयमा धेरै विवाद भएको र दोस्रो संविधान सभाले पनि संविधान जारी गर्न नसक्दा राजनीतिक दलमाथि नै प्रश्न उठ्ने भएकाले संविधान नै जारी नहुनुभन्दा प्राप्त उपलब्धिहरुलाई समेट्दै जाउँ भन्ने उद्देश्यले नै संधिवान घोषणा गरिएको बताए ।


यो संविधान नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको स्मरण गर्दै डा.महतले आगामी दिनहरुमा काँग्रेसको शक्ति र उपस्थिति बढ्दै गयो भने प्रजातन्त्र र नेपाली जनताको चाहना अनुकुल संविधानमा संशोधन गर्दै लगिने पनि उनले बताए ।

सहमहामन्त्री डा.महतले यो संविधानलाई सबै नेपालीको साझा दस्ताबेज बनाउनुपर्ने बताए । सरकारले सुशासन दिन नसक्ने र अहिलेकोजस्तो अधिनायकवादी शैलीलाई नै कायम गर्दै लाने हो भने यसले सरकारप्रति मात्र नभएर देशको साझा दस्ताबेज बन्नुपर्ने संविधानप्रति नै वितृष्णा बढाउने खतरा रहने उनले बताए ।