२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्तिष्कघातबाट नेकपाका नेता बैरागी दाहालको निधन



अ+ अ-

काठमाडौं । पूर्वसांसद् तथा नेकपाका नेता हरि बैरागी दाहालको ६२ वर्षीको उमेरमा निधन भएको छ । नेता दाहालको मस्तिष्कघातबाट निधन भएको हो । संखुवासभा क्षेत्र नम्बर १ बाट २०५१ सालको आमनिर्वाचनमा सांसद् निर्वाचित दाहाल पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गरिरहेका थिए ।

दाहाललाई दुई दिनअघि मस्तिस्कघात भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको निधन हृदयघात र मस्तिकघातका कारण भएको नेकपाका केन्द्रीय सदस्य तथा संखुवासभाका सांसद् राजेन्द्र गौतमले बताए ।

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान १० देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ । उनी २०४३ सालको पञ्चायती चुनावमा जनपक्षीय उम्मेदवार बनेका थिए ।