२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गल्ती गरेका कोही उम्कन पाउँदैनन् : मन्त्री ढकाल



अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गल्ती गरेका कोही नउम्कनेमा विश्वस्त हुन सांसदलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठक प्रारम्भ हुने बित्तिकै आज बाँके घटनाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाई सरकारका तर्फबाट जवाफको माग गर्नुभएपछि कानूनमन्त्री ढकालले घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको हो । यस सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएअनुसार नै कारवाहीको प्रक्रिया अघि बढ्ने मन्त्री ढकालले स्पष्ट पार्नुभयो ।

बैठकको प्रारम्भमा काङ्ग्रेसका दिलेन्द्रप्रसाद बडूले सरकार समर्थित समूहले नै काङ्ग्रेसका बाँके सभापति किरण कोइरालाको हात भाँचेको आरोप लगाउँदै राजनीतिकरण गर्दा सत्य मर्दछ भन्नेमा सचेत हुन ध्यानाकर्षण गराउनुभएको थियो । सरकारका तर्फबाट जवाफ आउनुपर्ने उहाँले माग गर्नुभएको थियो ।

निवेदन दर्ता भए पनि कुनै व्यक्ति नसमातिएको र दोषीले धम्की दिँदै हिँडिरहेकोले सरकारले गम्भीरतापूर्वक लिनुपर्ने सांसद बडूको भनाइ थियो ।