२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा डुङ्गा दुर्घटना



अ+ अ-

टोकियो । जापानको उत्तरी भेगको समुद्री क्षेत्रमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । दुर्घटनाग्रस्त उक्त डुङ्गामा रहेका अरु सात जना बेपत्ता छन् ।

किमीमारु नाम गरेको २९ टन वजनको उक्त डुङ्गामा माछा मार्ने आठ व्यक्ति सवार थिए । तटीय सुरक्षाकर्मीका अनुसार होक्काइडोको तटीय क्षेत्रबाट करिब ६४० किलोमिटर टाढा प्रशान्त महासागरमा डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।

लामो चुच्चो भएको विशेष प्रकारको माछा मार्न उक्त डुङ्गाको प्रयोग गरिएको थियो । यो माछा पछिल्लो समय जापानको तटीय जलक्षेत्रमा पाउन कठिन हुने गरेको छ ।