९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघिय संसदको बैठक नबस्दै २ घण्टाका लागी स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आज (बुधबार) बोलाइएको बैठक दुई घण्टाको लागी स्थगित भएको छ । संघीय संसदको भवन शिलान्यास कार्यक्रम रहेकाले पूर्व निर्धारित कार्यक्रमअनुसारको बैठक दिउँसो १ बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका सविच गोपालनाथ योगीले राष्ट्रिय सभाबाट प्राप्त विधेयक वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ टेवल गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६ पेश गर्ने, प्रधानमन्त्री के.पी. शर्मा ओलीले “लोक सेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तूत गर्ने सम्भावित कार्यसुची रहेको छ ।

आजकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तत गर्ने कार्यसुची रहेको छ ।