२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पिङको नेतृत्वमा रहने ६ सदस्यीय नेपाल आउँदै



अ+ अ-

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ यही आइतबार नेपाल आउँदै छन् । स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली के क्वाङ, विदेशमन्त्री वाङ यीलगायत छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणपूर्व चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणले निरन्तरता पाएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेको दुई हप्ताभित्रै चिनियाँ स्टेट काउन्सिलर नेपाल आउन लागेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर सोङ थाओ नेपाल आउन लागेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका प्रवक्ता हू चाओ मिङले स्टेट काउन्सिलर सोङ थाइल्यान्ड, इन्डोनेसिया र नेपाल भ्रमणमा निस्केको जानकारी अन्तर्राष्ट्रिय समाचार माध्यमलाई जानकारी दिएका छन् ।

‘सोमबार थाइल्यान्डको यात्रामा निस्केका स्टेट काउन्सिलर सोङ नेपालमा आयोजना हुने चिनियाँ विशेषतायुक्त राष्ट्रपति सी जिन पिङको नयांँ युग प्रवेश समाजवादबारे विचार गोष्ठीमा समेत सहभागिता जनाउनेछन् ।’ –प्रवक्ता हूले भनेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको प्रमुखसमेत रहनुभएका सोङको नेपाल भ्रमणलाई चिनियाँ विज्ञहरूले दुई मुलुकको सम्बन्ध सुदृढीकरणको अर्को सूचकका रूपमा हेरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च संस्था स्टेट काउन्सिलरमा ६ जना चिनियाँ नेता रहने प्रचलन रहेको छ। स्टेट काउन्सिलर सोङ थाइल्यान्डबाट इन्डोनेसिया हुँदै नेपाल आउने कार्यक्रम छ। उनी दुई दिन नेपाल बस्ने कार्यक्रम रहेको छ । समाचार नेपाल समाचारपत्र दैनिकबाट