२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसंघ महासभामा नेपाल: मन्त्रीले नेतृत्व गर्ने, उपप्रधानमन्त्री सहभागी



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारको नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ । प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औं महासभामा सहभागी नहुने भएपछि नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् । सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि जान लागेका छन् ।

महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् । पदीय मर्यादामा उपप्रधानमन्त्री परराष्ट्रमन्त्रीभन्दा माथि हुन्छन् । मन्त्रिपरिषद्को बरियातामा पनि यादव ३ नम्बरमा छन् भने ज्ञवाली ५ नम्बरमा । महासभाको प्रमुख आकर्षणमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आयोजना गर्ने रात्रिभोज र सहभागीको सपत्नी फोटो खिचाउने चलन एउटा हो ।

राष्ट्रसंघीय नियोगका एक अधिकारीका अनुसार यस्तो कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुनेछन् । उपप्रधानमन्त्री यादव भने महासभाअन्तर्गतको स्वास्थ्यसम्बन्धी छलफलमा संलग्न हुनेछन् । दुई वर्षअघि ७२ औं महासभामा पुगेका तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा रात्रिभोजमा जाँदा ढोकाबाट फर्कनुपरेको थियो ।

त्यतिबेला टोली नेतृत्व तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । उनी त्यसभन्दा पछि जाँदै थिए । त्यही भएर महरा भित्र छिर्न पाएका थिएनन् । परराष्ट्र सचिव शंकरदास बैरागीले उपप्रधानमन्त्री उच्चस्तरीय कार्यक्रममा सहभागी हुने र परराष्ट्रमन्त्री महासभामा सरिक हुने बताए । स्वास्थ्यका विषयमा उपप्रधानमन्त्री यादव र जलवायु परिवर्तन एवम् वातावरणसम्बन्धी बैठकमा मन्त्री शक्ति बस्नेतले भाग लिनेछन् ।

नेपालले राष्ट्रसंघको ११ औं महासभादेखि सहभागिता जनाउँदै आएको छ । सन् १९५५ को डिसेम्बरमा सदस्यता लिएपछि पछिल्लो वर्षदेखि नेपाल लगातार सहभागी छ । महासभामा सहभागी हुन पनि सरकारले दलगत प्रतिनिधित्व गराएको छ । पूर्व एमालेका तर्फबाट ज्ञवाली, पूर्व माओवादीबाट वनमन्त्री शक्तिबहादुर बस्नेत र सरकारको अर्को साझेदार समाजवादी पार्टीबाट यादव जाने भएका हुन् ।

सेप्टेम्बरको तेस्रो मंगलबारदेखि अमेरिकाको न्युयोर्कमा महासभा सुरु हुने छ । त्यसको एक सातापछि मात्र सम्बोधनमा नेपालको पालो आउनेछ । राष्ट्र एवं सरकार प्रमुख, उपराष्ट्रपति, उपप्रधानमन्त्री हुँदै मन्त्री स्तरमा पुग्ने भएकाले नेपालको समय पछि परेको हो ।

सहभागी तीसभन्दा बढी सरकारले महासभामा नेपालको टोली सानो देखाउन फरक–फरक समूह बनाएर विषयगत मन्त्री र सांसदलाई सहभागी गराउन लागेको छ । महासभामा दलका नेता र सरकारी अधिकारी गरी तीसभन्दा बढी जाँदै छन् । परराष्ट्रमन्त्री नेतृत्वको टोलीमा १२, यादव र बस्नेतको टोलीमा ६÷६ र अन्य सांसद सहभागी हुने कार्यक्रम छ । हरेक सत्रमा सहभागी हुन न्युयोर्क पुगिरहने टोली तयार भइरहेको संसद् सचिवालयका एक अधिकारीले बताए । समाचार अन्नपुर्ण पोष्ट दैनिकबाट