९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी आउने भन्दै सतर्क रहन जारी गर्यो बाढी पूर्वानुमान शाखाले सूचना



अ+ अ-

काठमाडौं । लगातारको बर्षाका कारण बाढी आउने भएकाले बाढी पूर्वानुमान शाखाले आज र भोलि देशका पूर्व देखि मध्यपश्चिमसम्मका क्षेत्रमा बहने नदीका तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ।

शाखाले कोसी, नारायणी, बागमती,पूर्वी राप्ती, रिउखोला, आरूण,तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला,लालबकैया लगायत मकबानपुर बारा, पर्सा,चितवन, नवलपरासी,रूपन्देही, कपिलबस्तु, दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने र केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले तटिय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको हो।

यसैगरी हाल नवलपरासी डण्डा स्थित बर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने संभावना रहेकाले कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ।