९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक जनाको मृत्यु, बिरामी लिएर उडेको हेलिकोप्टर आकस्मिक अवतरण



अ+ अ-

काठमाडौं । सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका-१, थाङ्नेस्थित ‘मेरा गेष्ट हाउस’मा बसेका एक जना विदेशी पर्यटकको मृत्यु भएको छ भने ७ जना बिरामी परेका छन्।

सोलुखुम्बु भ्रमणमा आएका केन्याका ३३ वर्षीय गोविंद लखमनको मृत्यु भएको हो। सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटकसमेत बिरामी परेका छन्।

मृतक र बिरामी सातैजना विदेशी पर्यकटसहित १ जना गाइडलाई उद्धार गरी आइतबार बिहान साढे ६ बजे कैलाश र एयर डाइनेस्टीको हेलीकोप्टरद्वारा काठमाडौं बिरामी लिएर उडेका हेलिकोप्टर खराब मौसमका कारण काठमाडौं अवतरण गर्न नसकेपछि काभ्रेमा आकस्मिक अवतरण भएका छन्। अहिलेसम्म पनि ती हेलिकोप्टर काठमाडौं आउन सकेका छैनन्।