९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई कुटपिट गर्ने ५ कर्मचारी पक्राउ, कुटाइबाट असई घाइते



अ+ अ-

बाजुरा । बाजुरामा नेपाल प्रहरीका एक असईमाथी कुटपिट भएको छ । मादकपदार्थ सेवन गरेको समूहको कुटाईबाट असई मानबहादुर चन्द घाइते भएका छन् ।

प्रहरीका अनुसार बाजुरा सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मादकपदार्थ खाएर होहल्ला गर्दै हिँडेकी एक महिलालाई नियन्त्रण लिने प्रयास गर्दा महिलासँगै रहेका ७-८ जनाले पछाडिबाट ढुंगाले हान्दा असई घाईते भएका थिए ।

प्हरीले आक्रमण गरेर भागेकाहरूलाई राती नै पक्राउ गरिएको र उनीहरूमाथि सार्वजनिक मुद्दा चलाइएको उनले जानकारी दिए।

पक्राउ पर्नेमा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत केशव गिरी र अमृत बोहरा, सरकारी वकील कार्यालयका कार्यालय सहयोगी हरिशंकर जोशी, बडिमालिका नगरपालिमा कार्यरत प्राविधिक गोरख थापा र मेरी स्टोप सेन्टरमा कार्यरत अनमी धनी थापा रहेका छन्।

असई चन्दको अनुहार र शरिरमा चोट लागेको छ। अन्य प्रहरी जवानहरूको पनि शरिरमा चोट लागेको छ।