२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेल उत्पादनमा कटौती, १० प्रतिशत मूल्यवृद्धि



अ+ अ-

हङकङ । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा भएका आक्रमणहरु यमनका हुथीले नभई इरानले गरेको आरोप लगाएपछि अरब क्षेत्रमा तनाब उत्पन्न भएको छ ।

ब्रेन्ट कच्चा तेलको मूल्यमा प्रति ब्यारेल करिब १२ अमेरिकी डलर वृद्धि भएको छ भने डब्लुटिआईमा पनि कच्चा तेल प्रति ब्यारेल करिब १५ प्रतिशत अर्थात् ८ डलर बढेको छ ।

इरान समर्थित यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाका दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोनबाट आक्रमण गरेको दाबी गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणकारीको पहिचान भइसकेको र रियादको अनुमति प्राप्त हुनासाथ आक्रमण गरिने बताउनुभएको छ ।