काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका विश्वप्रकाश शर्माले काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।
महामन्त्रीको नयाँ जिम्मेवारी पाएको भन्दै आजबाट नेपाली काँग्रेसको प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने शर्माले बताएका हुन्।
सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी गगनकुमार थापा र विश्वप्रकाश शर्माले पाएका छन् ।












