२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण दलमा भाँडभैलाे, अध्यक्ष र महासचिवबीच जुहारी



अ+ अ-

काठमाडौँ — नेपाली काँग्रेस यतिखेर जागरण अभियानमा देशव्यापी कार्यक्रममा छ । पार्टीका शीर्ष तहका नेताहरू भातृसंस्था समेतकाे सहभागितामा विभिन्न कार्यक्रम लिएर शहर बजार र गाउँ तहसम्म पुग्दैछ ।

तर नेकाकै प्रभावशाली मानिएकाे तरूणहरूकाे संस्था नेपाल तरूण दल भने राजधानीमा जुहारी खेल्नमै व्यस्त छ । आन्दोलनको मुद्दामा भ्रष्टाचारको विषय समेट्ने कि नसमेट्ने विषयमा अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रज‌ंग शाहीबीचको झगडाले चर्को रुप लिएको छ।

उनीहरुबीचको विवाद विवादमै मात्र सीमित नरही एकले अर्कालाई पदबाट हटाएर कारबाही गरेको विज्ञप्ति निकाल्ने स्थितिसम्म पुगेको छ ।

अध्यक्ष बस्नेतले अनुशासनहीन कार्य गरेको भन्दै महसचिव शाहीलाई पदबाट हटाइएको जनाएका छन्। तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहेको गरी शाहीलाई हटाइएको बस्नेतले जारी पत्रमा उल्लेख छ।

अध्यक्षको पत्रमाथि विमती राख्दै महसचिव शाहीले अर्काे विज्ञप्ति निकालेर अध्यक्ष बस्नेतलाई नै पदबाट हटाएको जनाएका छन्। शाहीले अध्यक्ष बस्नेतलाइ १ वर्षका लागि तरुण दलको साधरण सदस्यसमेत नरहने गरी कारबाही एवं निष्काशित गरिएको जनाएका छन्।

पछिल्लो समय यी दुई नेताहरुबीच भ्रष्टाचारका मुद्दालाई आन्दोलनको विषय बनाउने कि नबनाउने भन्नेमा विवाद चर्कंदै आएपछि यी विवाद सुरु भएको हो।




भर्खरै