९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको मार्फामा निःशुल्क स्वास्थ्य शिविर



अ+ अ-

मुस्ताङ, २८ भदौ– गण्डकी आवासीय माध्यामिक विद्यालय पोखराका पूर्व विद्यार्थीहरुले मुस्ताङको मार्फामा आफ्नै खर्चमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।


शिविरमा विभिन्न रोगका करिब एक हजार जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको छ । गण्डकीका पूर्व विद्यार्थीहरुको संगठन एग्बोस काठमाण्डु र नर्थ अमेरिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो ।


सो शिविरमा २६ जना विशेषज्ञ चिकित्सकको टोलीले मुटु, दम, क्यान्सर, नाक, कान घाँटी, आँखा, दाँत, हाडजोर्नी, पिशाब, स्त्री तथा प्रसूति र थायोराइडजस्ता रोगका बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा केहीको सामान्य शल्यक्रियासमेत गरिएको डा. सुजिता हिराचनले जानकारी दिइन् । डा.सुजिता हिराचन आवासीय माविको पूर्व विद्यार्थीहरुको संगठनकी अध्यक्ष हुन् ।
शिविरमा आएका सबैको अनिवार्य रगत र पिसाब परीक्षण गरिएको थियो । यस्तै केहीले ए–क्सरे सेवा समेत पाएका थिए ।


शिविरको उदघाटन गण्डकी स्कुलका पूर्व विद्यार्थी समेत रहेका प्रदेश–४ का सांसद प्रेमप्रसाद तुलाचनले गरेका थिए । तुलाचनले मानव स्वास्थ्य जस्तो पवित्र कार्यमा गण्डकीका विद्यार्थीहरुले पु¥याएको योगदानको प्रशंसा गर्दै समाजका अरुले पनि त्यसबाट शिक्षा ग्रहण गर्नुपर्ने बताए ।


त्यसैगरी अध्यक्ष डा.सुजिता हिराचनले आगामी दिनमा पनि यस्ता रचनात्मक र समाजलाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम गरिने जानकारी दिइन् । शिविरका लागि आवश्यक रकम पूर्व विद्यार्थी तथा हाल उनीहरु कार्यरत संघसंस्था तथा कार्यालयहरुबाट संकलन गरिएको थियो ।


कार्यक्रममा मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सामाजिक अगुवा तथा स्थानीय सरकारका प्रतिनिधिको सहभागिता थियो ।