९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरीव तथा विपन्न बिरामीको निशुल्क डेंगु परीक्षण गर्दै चितवन मेडिकल कलेज



अ+ अ-

चितवन । भरतपुरको चितवन मेडिकल कलेज (सीएमसी) ले गरीव तथा विपन्न बिरामीहरुको निशुल्क डेंगु परीक्षण सुरु गरेको छ । चितवनमा डेंगुले महामारीको रुप लिन थालेपछि सीएमसीले यो व्यवस्था गरेको हो ।

कलेजका प्रमुख सञ्चालक डा. हरिशचन्द्र न्यौपानेका अनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्न गरीव तथा विपन्न वर्गका विरामीहरुको निशुल्क डेंगु परीक्षण गराउने कार्य थालिएको हो । उनका अनुसार एक हजार त्यस्ता वर्गका बिरामीको निशुल्क परीक्षण गरिने छ ।

चितवनलाई डेंगुले निकै प्रभावित गरिरहेको सन्र्दभमा कलेजका तर्फबाट उर्जा प्रदान गर्न यस्तो कार्यक्रम ल्याइएको उनले बताए । कलेजमा दैनिक ४ सय ज्वरो तथा डेंगुका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । निशुल्क डेगु परीक्षणसँगै चिकित्सकिय परामर्श पनि दिइने कलेजका निर्देशक डा. दयाराम लम्सालले बताए ।

डा. न्यौपानेका अनुसार ये सेवा सरकारले बनाएको विपन्न बर्ग सम्बन्धी मापदण्ड पुरा रेर आउने बिरामीलाई प्रदान गरिने छ । गरीब तथा विपन्न वर्ग भनी प्रमाणित गर्ने सिफारिस ल्याउन नसक्ने बिरामीहरुलाई अस्पातलले नै मुल्याङ्कन गरेर यो सेवा प्रदान गर्ने व्यवस्था पनि कलेजले गरेको छ ।

अन्य नीजि मेडिकल कलेज तथा अस्पतालहरुले एक हजार पाँचसय रुपैयाँ डेंगु परीक्षणमा लिदै आएका छन् भने, सरकारी भरतपुर अस्पतालमा डेंगुको निशुल्क परीक्षणको व्यवस्था गरिएको हो ।