९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा मङ्सिर १ देखि न्यूज फेस्टिभल हुने



अ+ अ-

लुम्बिनी । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्नका लागि आगामी मङ्सिर १, २ र ३ गते यहाँ न्यूज फेस्टिभल गरिने भएको छ ।

लुम्बिनी प्रेस क्लबको आयोजनामा हुने सो फेस्टिभलमा नेपालका विभिन्न राष्ट्रिय पत्रिकाका सम्पादक, टिभी, रेडियो तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तरराष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने क्लबका अध्यक्ष दिपेश पछाईंले बताए ।

लुम्बिनी वर्ष २०७६ र नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर हुन लागेको कार्यक्रममा ‘मोफसल’को समग्र पत्रकारिता, सङ्घीयतामा प्रेसको संरचना, पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका , समाचारका विषय, लेखन र साहित्य , कलाको विषयमा नेपालमा अग्रज पत्रकार,सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गर्नुको साथै कार्यक्रमले मोफसलको पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास लिइएको छ ।