९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार प्रयास गर्ने दुई पक्राउ



अ+ अ-

मोरङ । बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

खड्का बस चालक र न्यौपाने बसका सहचालक हुन । बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार घुमेर ना ६ ख ९३४४ नं को बस चढेकी किशोरी झापा दमकमा उत्रन लागेको बेला उनीहरुले बस घुमाएर मोरङको रङ्गेली नगरपालिका– ९मा ल्याएर बसभित्रै बलात्कार प्रयास गरेका हुन् ।

बलात्कार प्रयास गर्दै गर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । पक्राउ गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीले मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी अनुसन्धान भई रहेको मोरङ प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

महिलाको हत्या गरेको आरोपमा पक्राउ

३५ बर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादह नगरपालिका ६ दामुनाका ४५ वर्षीय पुण्य चुँडाललाई भदौ २५ गते पक्राउ गरेको छ । गत भदौ २१ गते आफुसंगै बस्दै आएकी नाम नखुलेकी सिर्जना भनेर बोलाउने आफ्नै प्रेमीकालाई कुटपिट पछि छोडेर हिडेको र उनको उपचारका क्रममा भदौ २२ गते कोशी अञ्चल अस्पतालमा मृत्यु भएपछि प्रहरीले चुँडाललाई खोजी गरिरहेको थियो ।

कुटपिट पछि रतुवामाई नगरपालिका ६ का हरिबहादुर खड्काको गाई गोठमा महिलालाई छोडेर चुँडाल भागेका थिए । शरिरका विभिन्न भागमा चोट लागेकी महिलाको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरीले कोशी अञ्चल अस्पताल ल्याएको मोरङ प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु विगत एक महिना यता रतुवामाई नगरपालिका– ६ मा बस्दै आएको मोरङ प्रहरीका प्रबक्ता श्रेष्ठले बताउनुभयो । चुँडाललाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । शवको परीक्षण कोशी अञ्चल अस्पतालमै गरिएपनि जिम्मा लिने कोही नभएका कारण शव गृहमा राखिएको प्रहरीको भनाइ छ ।