९ असार २०८३, मंगलवार
,
Latest
आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बजार: नेप्से परिसूचकको ओरालो यात्रा कायमै



अ+ अ-

काठमाडौँ । साताको शरुआतदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.७९ बिन्दुले घटेर २५४.७८ मा पुगेको छ ।

स्टकका अनुसार आज कूल १७१ कम्पनीका १५ लाख तीन हजार ९२८ कित्ता शेयर रु ३४ करोड १७ लाख ४५ हजार १३६ मा कारोबार भयो । कारोबार भएका १२ उपसमूहमध्ये एउटा समूहको मात्र शेयर झिनो अङ्कले उकालो लागेको छ । सामूहिक लगानी कोषको शेयर ०.०२ अङ्कले बढेको छ ।

बैङ्किङ १.७५, व्यापार ०.४२, होटल ३४.८४, डेभलपमेन्ट बैँक ४.७८, हाइड्रोपावर २.५९, फाइनान्स ०.३२, निर्जीवन बीमा ४९.०३, उत्पादन ८.६६, अन्य ०.३२, माइक्रोफाइनान्स ५.८१ र जीवन बीमा ३१.४७ अङ्कले घटेको छ । कारोबार रकमका आधारमा सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रह्यो । सोल्टीको शेयर रु चार करोड ५५ लाख ५१ हजार ६५२ मा कारोबार भयो ।

लक्ष्मी बैँकको संस्थापक शेयर रु एक करोड ९० लाख ४१ हजार ६४८, छिमेकी लघुवित्त विकास बैँकको रु एक करोड ४२ लाख ७८ हजार ८४, नेपाल बैँकको रु एक करोड ३७ लाख ३१ हजार ५४३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड २९ लाख ६१ हजार २६३ र प्रभू बैँकको शेयर रु एक करोड २० लाख ७६ हजार ४९ कारोबार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले ४.४१, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.०४, गुह्वेश्वरी मर्चेन्ट बैँक एण्ड फाइनान्स कम्पनी ३.४८, नयाँ नेपाल लघुवित्त विकास बैँक रु ३.४६ र अरुण काबेली पावरका लगानीकर्ताले २.८६ प्रतिशतले कमाए ।

यस्तै नविल इक्विटी फण्डका शेयरधनीले ६.६९, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.६९, दिव्यश्वरी हाइड्रोपावर ५.१७, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.८१ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४.१९ प्रतिशतले गुमाए ।