९ असार २०८३, मंगलवार
,
Latest
रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । विभिन्न आयोजनामा काम गर्ने वा अरु कुनै कारणबाट चिनजान भई छिमेकी लगायत अरु देशबाट आएका व्यक्तिसँग अवैध सम्पर्कबाट अलपत्र परेका नेपाली महिला र तिनका सन्तानलाई परेको अप्ठेरो हटाउने विषयमा सहयोग गर्न गृह मन्त्रालयको तर्फबाट संसदीय समितिको ध्यानाकर्षण गरिएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहसचिव प्रेमकुमार राईले यस्ता दुःख पाएका नेपाली महिला र उनका सन्तान दुई/तीन सयको सङ्ख्यामा छ, उनीहरुले उठाएको विषयले हामीलाई सधैँ पिरोलिरहेको अवस्था छ ।

विदेशीसँग विवाह गरेका महिलाको नागरिकता वा अन्य कागजमा पतिको ठेगानामा केवल भारत, क्यानडाजस्ता देशमात्र उल्लेख भएको हुँदा खोजतलास र पहिचान गर्न अप्ठेरो परेको जनाउँदै उनले भने, “त्योबाहेक कुनै निस्सा प्रमाण ल्याउन नसकेको अवस्थाले बालबच्चालाई शिक्षा, रोजगार र बैंक कारोवारबाट गर्नबाट वञ्चित हुनु परेको अवस्था छ ।”

‘‘उनीहरुलाई नागरिकता नभई कुनै खालको एउटा परिचयपत्र दिनुपर्छ कि भन्ने सोच छ, यो विषयमा समितिबाट केही समस्या सुल्झाउने बाटो पहिल्याउने काम होस् यो मन्त्रालयको आग्रह हो’’, सचिव राईले भने । विदेशी नागरिकसँग विवाह गर्ने, नेपाली महिलाबाट जन्मिएको र नेपालमा स्थायी बसोवास गरेको व्यक्तिले आर्थिक र सामाजिक अधिकार उपभोग गर्न पाउने गरी तोकिएबमोजिमको प्रमाणपत्रको उनीहरुलाई व्यवस्था गर्न सकिन्छ कि भन्ने उनको तर्क थियो ।

गृहसचिव राईले भने, “उनीहरुबाट समस्या समाधान हुन सकेन भने आत्महत्या गर्नेसम्मका गुनासो आएको छ । अहिले यो सङ्ख्या दुई÷तीन सयमा छ । यो सङ्ख्या त्यो भन्दा बढी पनि हुनसक्छ, यो निकै गम्भीर र संवेदनशील समस्या हो ।

‘‘उनीहरुलाई नागरिकताको अधिकार होइन, शिक्षा लिन, उपचार गर्न, विदेश जान र बैँकको खाता खोल्न प्रमाण दिनुपर्यो जुन कागजपत्रले बाधा अड्चन खोली दिओस्, यो विषय विधेयकमा कसरी राख्न सकिन्छ’’, उनले भने । राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकसम्बन्धी उपसमितिले पेश गरेको प्रतिवेदनमाथि केही दिनदेखि छलफल भइरहेको छ ।