९ असार २०८३, मंगलवार
,
Latest
रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन वर्ष-२०२० लाई लक्षित गरि कोरियामा सांस्कृतिक कार्यक्रम



अ+ अ-

कुसुम भण्डारी
काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघले पर्यटन वर्ष-२०२० लाई लक्षित गरि कोरियामा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । संघले कोरियामा सेप्टेम्बर १५–१६ नेपाल सांस्कृतिक महामेला आयोजना गर्न लागिएको कुरा बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

“भिजिट नेपाल-२०२०” लाई लक्षित गरेर उक्त कार्यक्रम कोरियाको राजधानी सेओलमा गर्न लागिएको आयोजकको भनाई छ । संघकाअनुसार उक्त कार्यक्रम नेपाल र कोरियाको सांस्कृतिक झल्काउने हिसाबले गर्न लागिएको छ । संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको सभापतित्व र उपाध्यक्ष अमृत खाँतीले संचालन गरेको उक्त पत्रकार सम्मेलनमा संघकै बरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गानाले स्वागत मन्तव्य राखेका थिए ।

पत्रकार सम्मेलनमा बिक्रम जंग शाह (महासचिव), घमेश दुलाल (संस्थापक अध्यक्ष), यम बराल (सल्लाकार तथा वरिष्ठ गायक), श्याम धिताल (उपाध्यक्ष), होमराज सुवेदी, सुलेमान शंकर (इकु) ले कार्यक्रमलाई सफल बनाउन सबैको साथ सहयोग चाहिने कुरा व्यक्त गर्दै गरेका थिए ।
उक्त कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा धेरै टिकाटिप्पणीहरु भएका छन् । उक्त कुराहरु गलत भएको र संघलगायत सम्पूर्ण कलाकारहरुले आफ्नो व्यक्तिगत खर्च गरेर कार्यक्रममा संलग्न हुन लागेको स्पष्ट पारिएको थियो ।

राज्यलाई कुनैपनि घाटा नलगाई निःस्वार्थ भावनलाले कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकको दाबी छ । सरकारद्वारा घोषणा गरिएको नेपाल भ्रमण वर्र्ष–२०२० लाई भव्य रुपमा सफल तुल्याउन सम्पूर्ण संगितकर्मी र मिडिया जगतले साथ दिनुपर्ने र यो दायित्व पनि भएको संघको भनाई छ । कार्यक्रममा कोरियाका ख्याँतिप्राप्त कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै, कोरियामा बस्ने नेपालीहरुलाई उक्त कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ । उक्त महामेलाको लागि दुई दर्जनभन्दा बढि कलाकारहरु कोरिया जाने भएका छन् । नेपालमा २० लाखभन्दा बढी पर्यटकहरु भित्र्याउने उद्देश्यले यो कार्यक्रम संचालन गर्न लागिएको छ । कोरियामात्र नभई अमेरिका र क्यानडाजस्ता अरु थुप्रै देशहरुमा पनि संघले यस्तै खालको सांगीतिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ गायक यम बरालले आफूहरु गर्वसाथ कार्यक्रममा भाग लिन जाने र कार्यक्रम सम्पन्न भएपछि गर्वसाथ नै फर्केर आउने विश्वास दिलाए । धेरै दुःखकष्ट गरेर संघ आफैंले कोरियाका विभिन्न संघ संस्थाहरुसँग सहकार्य र सम्झौता गरेर आयोजनाको व्यवस्था गरिएको बताइएको छ । कार्यक्रममा कोरियन कलाकार र नेपाली कलाकारहरुको उपस्थिति रहनेछ भने कोरिया र नेपालका विभिन्न संस्कृति झल्किने वभिन्न किसिमका गीतहरु प्रस्तुत गरिने छन् ।

कार्यक्रमको मुनाफा अनाथ बालबालिकालाई खर्चिने पनि आयोजकले जनाएको छ । संघका अध्यक्ष कार्कीका अनुसार कलाकार सुलेमान (इकु) ले अहिलेसम्म धेरै अनाथ बालबालिकाहरुलाई आफ्नो आश्रय दिएका छन् ।

उक्त कार्यक्रममा चर्चित गायक यम बराल, कलाकारहरु क्रमशः सुलेमान “इकु”, प्रकाश कटुवाल, आस्था राउत, राजेन्द्र कुमार कार्की, अमृत खाती, सिर्जु अधिकारी, प्रकाश दास, रवी ओड, नवराज ढुङ्गाना, उमा श्रेष्ठ, सन्ध्या सानु, सृजना खनाल, कुमार कार्की, डिवी लोप्चन, शान्त शिशीर, राम थापा शिशीर, राज कुमार हुमागाँई, श्रीदेवी देवकोटालगायत ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहनेछ ।