९ असार २०८३, मंगलवार
,
Latest
रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो हुने



अ+ अ-

काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो नेपालमा आयोजना हुने भएको छ । नेपाल–इण्डिया–चाइना एक्सो (नाइस) आयोजनामा झण्डै १ हजार विदेशी पाहुनालाई नेपाल ल्याएर कार्यक्रम आयोजना गर्न लागिएको बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।

नेपाल च्याप्टरले आयोजना गर्न लागेको यो कार्यक्रम पाटा नेपाल भ्रमण वर्षको सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वयमा हुने भएको छ । नेपालको सबैभन्दा ठूलो स्रोत बजारका रुपमा रहेका दुई मुलुकबाट बढी भन्दा बढी पर्यटक भित्राउने उद्देश्य लिई सो एक्स्पो आयोजना भएको भ्रमण वर्ष संयोजक सुरज वैद्यले बताएका छन् ।

एक्स्पोमा नेपाल, भारत र चीनका एयरलाइन्स, होटेल/रिसोर्ट, पर्यटक यातायात, ट्राभल, टूर, बैंक तथा वित्तीय संस्थालगायत पर्यटनसँग सम्बन्धित कम्पनीहरुको सहभागिता हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिए ।

एक्स्पो २१ देखि २४ फेब्रुअरीमा आयोजना हुने बताईएको छ । त्यसअगाडी नै नेपाल आएका पाहुनालाई विभिन्न गन्तब्यसम्म पुर्याई पर्यटन प्रवद्र्धन गर्ने योजना आयोजकको रहेको छ ।