९ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री जोनसनको प्रस्ताव पुनः अस्विकार



अ+ अ-

काठमाडौं । बेलायती सांसदहरुले आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्विकार गरिदिएका छन् । प्रधानमन्त्री जोनसनको निर्वाचन गराउने प्रस्तावलाई सांसदहरुले पुनः अस्विकार गरेका हुन् । प्रधानमन्त्री जोनसनले निर्वाचन गराउनका लागि संसदमा लगेको यो दोस्रो प्रस्ताव हो ।

निर्वाचन गराउनका लागि संसदमा त्यसको प्रस्तावमा तल्लो सदनको ४३४ मतको आवश्यकता पर्छ । तर, प्रधानमन्त्री जोनसनको प्रस्तावको पक्षमा २ सय ९३ जना सांसदहरुले मात्र मतदान गरेका थिए, जुन आवश्यक संख्या भन्दा कम हो ।

यसअघि विपक्षी सांसदहरुले ब्रेक्जिट सम्झौताअघि नबढाउने कानून पारित गर्नुपर्ने दवाव दिँदै आएता पनि प्रधानन्त्री जोनसनले आफू कानुनी प्रक्रिया अनुसार नै अघि बढ्ने जनाएका थिए ।