२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे पाँच महिनामै जन्मियो शिशु, उपचारमा आर्थिक समस्या



अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुमा एक महिलाले २२ हप्तामै शिशु जन्माएकी छिन्। सामान्यतया ९ महिनामा जन्मनु पर्नेमा थुलुङ दूधकोसी गाउँपालिका–५ जुबुकी २० वर्षीया सुस्मा बस्नेतले गर्भ बसेको २२ हप्तामै शिशु जन्माएकी हुन्। शुक्रबार बिहान जिल्ला अस्पताल फाप्लुमा बच्चा जन्माएको अस्पतालका प्रमुख डा. रमिन महर्जनले जानकारी दिए।

जन्मँदा तौल मात्र ९ सय ग्राम रहेको र गर्भावस्थाको उमेर नपुग्दै जन्मेकाले बच्चालाई अहिले एनआईसियूमा अक्सिजन, स्लाइन र औषधि दिएर राखिएको छ। आमाको अवस्था भने सामान्य रहेको र डिस्चार्ज भइसकेको डा. महर्जनले बताए।

बच्चाको फोक्सोलगायत अंगको विकास नभएकाले एनआईसियूमा राखिएको अस्पतालले जनाएको छ। शनिबारसम्ममा शिशुको एक सय ग्राम तौल वृद्धि भइसकेको स्वास्थ्यकर्मीले बताएका छन्। ‘जिल्लामा बाल विशेषज्ञ छैनन्।

काठमाडौं लैजान परिवारको आर्थिक अवस्था कमजोर रहेकाले जिल्लामै उपचार गरिरहेका छौं,’ प्रमुख डा. महर्जनले भने, ‘पहिले नेपालमै ६ सय ग्रामसम्मको शिशु बचाउन सफल रहेको उदाहरणले नवजात शिशुलाई बचाउन सकिने आशा छ तर यसै भन्न नसकिन्न।’

शिशुको अहिले जिल्ला अस्पतालमा निःशुल्क उपचार भइरहेको छ। बाहिरी संसारमा बाँच्न सक्नेगरी अंगहरूको विकास हुनुपर्ने भएकाले एनआईसियूमा कति समय राख्नुपर्ने भनेर तोक्न नसकिने डा. महर्जनले बताए।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।