२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर कहाँ फाल्ने ?



अ+ अ-

इटहरी । इटहरीलाई सफा राख्न इटहरी उपमहानगरपालिकाले मासिक ४ लाख रुपैयाँभन्दा बढी खर्च गर्छ। बेला बेलामा विभिन्न संघसंस्थाले सरसफाइ कार्यक्रम पनि गरिरहेकै हुन्छन्, तर मुख्य चोकमा फोहोर फाल्ने एउटै डस्टबिन छैन।

डस्टबिन नहुँदा इटहरी बजारभरि सडकमै थुपारिएका छन्। केही स्थानीय व्यवसायीले पोकोमा फोहोर संकलन गरेर राखे पनि केहीले भने पसल बन्द गर्दा बाटो छेउमा फालिदिन्छन्। बाहिरबाट आउने यात्रुसँग त झन् बाटैमा फोहोर फाल्नुको कुनै विकल्प छैन।

सडकमा फालिएका फोहोर चाडपर्वको समयमा कहिलेकाहिँ दुई(तीन दिनसम्म पनि नउठ्ने गरेको स्थानीय खेमराज बरालले बताए। फोहोर संकलन गर्ने गाडीले पनि भोलिपल्ट बिहान १० बजेतिर मात्र काम थाल्छ। त्यसबीचमा छाडा गाईवस्तु र कुकुरले फोहोरको पोका खोतले भने त वरपर सबै छरपस्ट पारिदिन्छन्। ‘झन्डै सय मिटर हिँडे होला, डस्टबिन नदेखेपछि छेउमै फोहोर फाल्नु पर्‍यो,’ इलामका सरोज श्रेष्ठले भने, ‘नगरपालिकाले फोहोर व्यवस्थापनको लागि ठाउँ ठाउँमा फोहोर फाल्ने डस्टबिन राखे राम्रो हुन्थ्यो।’

इटहरीको फोहोर व्यवस्थापनको जिम्मा वेस्ट इन्भारो मेनेजमेन्ट कम्पनिले लिएको छ। कम्पनिले फोहोर संकलन गर्ने, ल्यान्डफिल साइटमा लगेर फाल्ने र त्यहाँ बायोग्यास निकाल्ने योजना बनाएर काम गरिरहेको कम्पनिका व्यवस्थापक मानध्वज मोक्तान बताउँछन्। तर फोहोर संकलन नै प्रभावकारी नहुँदा उठाएको फोहोर पनि ल्यान्डफिलको साटो जंगलमा लगेर जलाइने गरिएको छ। कम्पनिले फोहोर प्रशोधन गर्ने मेसिन ल्याउने पैसा जुटाउन लामो समय लगाएपछि इटहरीमा नगरपालिकाले १३ करोड खर्चेर बनाइदिएको ल्यान्डफिल साइट प्रयोगमा आउन सकेको छैन।

यता इटहरी उपमहानगरपालिकाले पनि डस्टबिन राख्ने योजना गत वर्ष नै बनाएको पनि काम हुन नसकेको स्वीकार गरेको छ। इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्प चौधरीका अनुसार डस्टबिन राख्न ४० लाख रुपैया बजेट छुट्याइएको छ। अन्य सहयोगसमेत थपेर यो वर्ष नगर क्षेत्रमा प्रत्येक १०० मिटरको दुरीमा कुहिने र नकुहिने फोहोरका लागि डस्टबिन राख्ने र प्रत्येक घरमा पनि बाँड्ने योजना बनाएको उनले बताए।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।